मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता/सैनिक अधिकृतका विषयमा राष्ट्रपति चिन्तित

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच आज भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा विहान भएको भेटमा सहमतीय सरकार, प्रधानमन्त्री उम्मेदवार र बेलायतमा पक्राउ परेका नेपाली सेनाका अधिकृत कुमार लामाको अवस्थालगायतका बारेमा कुराकानी भएको हो ।
प्रधानमन्त्री भट्टराईका अनुसार नेपाली सेनाका अधिकृत लामाको पक्राउ र मानवअधिकार उलंघन सम्बन्धी कानूनका विषयमा राष्ट्रपति डा.यादवले चिन्ता जनाएका छन् । डा.यादवले कुटनीतिक पहल गरेर लामाको रिहाईका विषयमा ध्यान दिन प्रधानमन्त्री भट्टराईलाई सुझाव दिए ।
त्यसै गरेर भेटबार्तामा पुस