– भुवन कार्की
शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले प्रतिपक्ष दलहरुको हठको कारण सत्ता लम्बिएको बताउनुभएको छ । प्रतिपक्षी दलहरुले उचित निकासको लागि पहल गर्नुभन्दा कुर्चीकै लडाइलाई प्राथमिकता दिएका कारण नयां सहमतिको सरकार गठनमा ढिलाई भएको उहांको दावी छ ।
क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीले सोमबार विहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले भन्नुभयो, ‘हामीले देशलाई लथालिंग पारेर सत्ता छोड्न चाहन्नौ, हामीले के का लागि सत्ता कांग्रेसलाई छोडिदिने -‘ उहांले अगाडि थप्नुभयो, ‘आम सहमतिमा नआएर प्रतिपक्षले नै सरकारको आयु लम्ब्याएका छन् ।’ सरकारले राजीनामा दिएर पनि उचित निकास निस्कने संभावना नरहेको भन्दै मन्त्री रायमाझीले कानुनी र लोकतान्त्रिका विधिको सरकार हटे झन् अस्थिरता पैदा हुने उल्लेख गर्नुभयो ।
कांग्रसलाई नै सत्ता सुम्पनुपर्ने कुनै कारण नभएको भन्दै उहांले प्रतिपक्षी दलहरुले सत्ता प्राप्तीको हठ त्याग्नुपर्ने बताउनुभयो । उहांले लामो समय सत्ताको स्वाद लिएका एमाले-कांगे्रस अझै पनि त्यही स्वादका निम्ति कुचर्ाी तानातानको खेलमा लागेको आरोप लगाउनुभयो । डा. बाबुराम भट्टर्राईलाई निषेध गरेर जान खोजएकोले सहमति हुन नसकेको पनि उहांको भनाइ थियो । यसअघिका प्राधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपालले जस्तो राजीनामा दिने अवस्था अहिले नरहेको भन्दै रायमाझीले दलहरुले राष्ट्रिपतिलाई उचालेर विवादमा तान्ने कोशिस गरिरहेको पनि दाबी गर्नुभयो ।
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता समेत रहनुभएका रायमाझीले आगामी २५ गतेसम्म सहमति जुट्न नसके बैशाख जेठमा निर्वाचन गर्न नसकिने संकेत देखिएको उल्लेख गर्नुभयो । सहमतिको विकल्प नभएको भन्दै नेता रायमाझीले विकल्पमा संविधनसभा ब्यूताएर जान पनि सकिने उल्लेख गर्नुभयो । उहांले कांग्रेसकै नेतृत्वमा नयां सरकार गठन हुनुपर्ने तर्क उचित नभएको भन्दै यदि प्रमुख दलहरुबाट हुन नसके स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाउने तेस्रो विकल्प आफूहरुले अघि सारेको बताउनुभयो ।
कार्यक्रम क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष रुद्रहरी कुंवरको अध्यक्षता तथा सचिव भुवन कार्कीको सञ्चालनमा सम्पन्न भएको हो । मन्त्री रायमाझीले सोमबर नै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।