कती लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र
अब त देश को वारेमा पनि केही लेखौन है मित्र
के-के भई रहेको छ हाम्रो देश भित्र
मेरो देश नेपाल उच्च शिर सगरमाथा
विर गोर्खालीहरुले गाउँने विरताको गाथा
मेरो देश नेपाल माथी लागेको छ पराई को आँखा
रक्षा गर मेरो देश नेपाल र नेपालीको
“हे”भद्रकाली,दक्षिणकाली र सुपादेउराली माता
म मेरो देशको नेपालको बिना बर्दिको सिपाही हुँ
के मैले मेरो देश नेपाल लाई माया गर्न पाउदैन?
म मेरो देशको नेपालको काँध थाम्ने दरिलो खम्बा हुँ
के मैले अन्याय,अत्याचारको बिरुद्द बोल्न पाउदैन?
फेरियन कहिल्यै मेरो देश नेपाल र नेपाली जनताहरुको मुहार
बदलीयन कहिल्यै नेताका खोल ओढ्ने दलालहरुको बानी व्यबहार
कोरियन कहिल्यै देशका सिमा रेखा तराइलाई पनि बनाउन थाले बिहार
यस्तै परिस्थितीमा नेता भनाउदाहरु मनाइ रहेकाछन् हरेक दिन दशै,तिहार
भष्ट्रचार बड्दै गयो बेरोजगार बड्दै गयो
बिकास,रोजगार र देशको युवा शक्ती घट्दै गयो
सोझा जनताहरुलाई भ्रम मा राखी
नेताहरुको कुर्ची खोस्ने र सत्ता जमाउने लहर बड्दै गयो
अंत मा नेपाल आमा र नेपाली जनाताको आशा
निराशामा ढल्दै गयो। ढल्दै गयो || ढल्दै गयो |||
– बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ अर्घाखाँची हाल:(न्यू दिल्ली)भारत