महोत्तरीमा मनी ट्रान्सफर संचालकलाई गोली हानेर २० लाख लुटियो

महोत्तरीको सर्पल्लो गाविस ७ मनी ट्रान्सफर सञ्चालन गर्ने एक व्यबसायीलाई गोली हानेर २० लाख रुपैयाँ लुटिएको छ । जनकपुरबाट रकमसहित मोटरसाइकल चढेर आउँदै गरेको राजदेव चौधरीलाई अज्ञात समूहले खुट्टामा गोली हानेर रकम लुटेका हुन् । उनले चढेको ज २ प ८६५२ नम्बरको मोटरसाइकल समेत लुटेर लगेका छन् । 
बर्दिया बनचौरी १ मा उनलाई लुटिएको प्रहरीले जनाएको छ ।
घाइते चौधरीलाई उपचारका लागि जलेश्र अस्पताल लगिएको छ । लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।