पत्रकार महासंघ द्वारा बुटवलमा विरोध र्‍याली/गैर जिम्मेबार अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई सत्तामा बस्ने अधिकार नभएको पत्रकारहरुको भनाई

– कृष्ण खनाल
नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार डेकेन्द्र थापाका लगायत पत्रकार हत्या तथा बपेत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारबाही माग गर्दै विरोध प्रदशन गरेको छ । 
शुक्रबार विहान बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको विरोध र्‍याली बिपी चोक मिडिया  चोक हुदै पुनःपुष्पलाल पार्कमा आएर विरोध सभामा परिणत भएको थियो । 
पत्रकारहरु कुष्ण सेन इच्छुक देखि यादव पौडेलसम्मको हत्यामा संलग्नहरु र बेपत्ता पत्रकार मिलन नेपाली र प्रकाशसिंह ठकुरीसमेतका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही थाल्न दवाब दिने उद्दश्ेयले महासंघको केन्द्रीय कार्यक्रम अर्न्तगत विरोध र्‍याली तथा सभा आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीले जानकारी दिए  । 
विरोध सभामा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक मोहन चापागाईले सरकारमा भएको  प्रमुख व्याक्तीले नै दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्या काण्डका दोषिलाई उन्मुक्ति दिने प्रयास गरेकोले त्यसको खबरदारी स्वरुप विरोध र्‍याली गरिएको र आगामी दिनमा समेत दोषि उपर कारवाही नभएमा निरन्तररुपमा आन्दोलन जारी रहने बताएका थिए । 
उनले देशको जिम्मेबार निकाय तथा प्रमुखले नै दण्डहिनतालाई प्रशय दिने काम गरेको कारण यसको लागि विशेष दबाब आवश्यक रहेको समेत बताएका थिए ।  विरोध कार्यक्रममा रासस र प्रेस चौतारी तथा  नेपाल पत्रकार महासंघ रुपन्देहीका पर्ुव अध्यक्ष बालकृष्ण चापागाईले पत्रकार डेकेन्द्र थापा हत्याका देषिले आफुले दोष स्वीकारे आफुले सजाय भोग्छु भनेको अवस्थामा पनि सरकारले उन्मुक्ती दिने आशयको अभिव्यक्ति दिनु गैरकानुनी भएको भन्दै पत्रकारको हकहितको लागि एकजुट हुनुपर्ने बताएका थिए । 
ँदण्डहीनता अन्त्य गर, पत्रकार हत्या र बेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारबाही गर ।