डोटीमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । १३ जना घाइते भएका छन् । अछामको जैगडबाट कैलालीको टीकापुरका लागि छुटेको कर्णालि रिभरको ना ४ ख ३६०३ नम्बर को बस डोटी छतीवन गाबिसको रुपसकाँडामा दुर्घटना २२ पुरूष, ७ महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका असर्इ नरबहादुर ऐरले जानकारी दिनुभयो ।
मृतकको परिचय खुल्न सकेको छैन् ।
दुर्घटनामा घाईते हुनेमा अछाम कालिका ७ का २२ वर्षका तवेन्द्र रावल, गाँजरा -२ की ४५ बर्षकी ईश्वरा खड्का, दर्ना ५ की २५ वर्षकी गुलावी रावल, तिमिल्सैन-६ बस्ने ३५ वर्षकी भेसराज तिमिल्सीना, दर्ना ९ की ४० वर्षकी पवित्रा बोहरा, टिकापुर नगरपालिका १५ बस्ने ३३ वर्षका जनक रेग्मी, हसुलिया १ का २९ वर्षका किसोर चौधरी, गडरीया ८ बस्ने १९ वर्षका जय कुमार चौधरी र मंगलसेन -९ बस्ने २५ वर्षका नृप विष्ट रहेको प्रहरीले जनाएको छ । उनीहरुको कैलालीको पद्मा अस्पताल अत्तरियामा उपचार भईरहेको छ ।
बस बुडर बजारबाट ७ किलोमिटर टाढा रुपसकाँडा राती साढे २ बजे दुर्घटना भएको हो । बस सडक बाट ३ सय मिटर तल खसेको छ । सडकमा परेको तुसारोमा चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।