– प्रेमनारायण आचार्य
दैलेखका पत्रकार स्वर्गीय डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले जोगाउन खोजेकोमा विरोध जनाउँदै अर्घाखाँचीमा पनि पत्रकारहरुले प्रदशन गरेका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा पत्रकारहरुले आज सन्धिखर्कमा बिरोध र्याली निकालेका छन । बिरोध र्याली सन्धिखर्कको शान्ती बगैचाबाट सुरु भइ मिडीयाचोक,बैकरोड हुदै पुन शान्ती बैचामा गएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला स्थित क्रियाशील पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष हिमबहादुर जिसि लेकालीले ८ वर्षपछि हत्यारा छोपिनु खुसीको कुरा भएको उल्लेख गर्दै हत्यारालाई प्रधानमन्त्रीले बचाउन खोजेकोमा आपत्ति जनाउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्यले सरकार प्रमुख भट्टराइ आफै नै हत्यारालाई उम्काउन लागेको घटनाले स्वतन्त्र पत्रकारिताको ठाडो हस्तक्षेप भएको बताउदै कृष्णसेन इच्छुकदेखि यादव पौडेलसम्मका पत्रकार हत्यारालाई कारवाही नभएको भन्दै छानीछानी कारवाही गर्नुपर्ने वताउनुभयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।