मुलुकमा जनयुद्धदेखि हालसम्म बेपत्ता पारिएका ३ तथा हत्या गरिएका ३३ जना पत्रकारहरुको सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाही गर्न माग गर्दै क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ ।
सत्य निरुपण आयोग गठन गर, कृष्णसेनलगायत हत्या गरिएका पत्रकारहरुका हत्यारालाई कारवाही गर, पत्रकार एकता जिन्दावाद, शान्ति प्रक्रिया भांड्न पाइदैन जस्ता नारा लगाउंदै बुटवलको मिलनचोकबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी मिडियाचोकमा कोणसभा गरेको थियो ।
सभालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा अवध अध्यक्ष यानेन्द्र जीसीले हत्या तथा बेपत्ता पत्रकारहरुको अवस्था पत्ता लगाई दोषीलाई कारवाही गर्न माग गर्नुभयो । उहांले भन्नुभन्यो,