नेपाल र भारतबीचको सीमा सुरक्षा सम्बन्धी बैठक नयाँ दिल्लीमा

काठमाडौं । नेपाल र भारतबीचको सीमा सुरक्षा सम्बन्धी बैठक आजबाट नयाँ दिल्लीमा सुरु हुँदैछ । २ दिन सम्म चल्ने बैठकमा दुवै पक्षबीच सीमा सुरक्षा र व्यवस्थापनको सबलीकरणका बारेमा छलफल हुनेछ ।

 

सीमापार आतंकवाद, मानव बेचबिखन तथा प्रतिबन्धित जैविक पदार्थ ओसारपसार नियन्त्रण, नक्कली नोटको कारोबार सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

 

बैठकमा सहभागी हुन गृहमन्त्रालयका सहसचिव शंकर कोइरालाको नेतृत्वमा १० सदस्यीय टोली दिल्ली पुगिसकेको छ ।

 

 

– RSS