सप्पन केसी अर्घाखाँचीमा भेटघाटमा व्यस्त, विकास निर्माणप्रति चिन्तित, मिडियामा लगानी गर्न केसीलाई सञ्चारकर्मीहरुको आग्रह

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची ।  युरोप फाउण्डेशनका एवं द टाईम्स अफ अर्थका फाउण्डर सप्पन केसी गृह जिल्ला अर्घाखाँची आएका बेला जिल्ला स्थित सरकारी अधिकारी, राजनीतिक दलका नेता, सञ्चारकर्मी देखी समाजसेवी व्यक्तिसग केही दिनदेखी भेटघाटमा व्यस्त छन ।

 



केसीले प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेल, काग्रेस सभापति कमल प्रसाद भुसाल, एमाले अध्यक्ष रामजी प्रसाद घिमिरे, जिल्ला स्थित सञ्चारकर्मीसग भेटघाट गरिसकेका छन भने अन्य पार्टीका नेता, सरकारी अधिकारी, सामाजिक व्यक्तिहरुसग भेट गर्ने तयारीमा रहेका छन । भेटमा वर्तमान राजनीति स्थिति, शान्ति र जिल्लाको विकास निर्माण सम्बन्धी छलफल भएको थियो । अर्घाखाँची सहित सिंगो देश र विश्वको विकास निर्माणको योजना, नमुना विकसित देशहरुले गरेको विकासको ज्ञान भएका केसीले विकास निर्माणको योजना र जिल्लामा अन्तराष्टिय परियोजना सञ्चालन गर्ने आफनो योजना र उद्देश्य रहेको बताएपछि सरकारी अधिकारी, दलका नेता र सञ्चारकर्मीले केसीले पुर्ण साथ दिने प्रतिवद्धता जनाएका थिए । लामो समय देखी युरोप लागयतका देशमा बस्दै आएका केसी दिनदेखी अर्घाखाँचीमा छन ।

 



विकास निर्माण प्रति चिन्तित देखिएका केसीले नेपाल हरेक हिसाब, जल जंगल जडिबुटी, कच्च पदार्थ लगायतबाट सम्पन्न भएकाले नेताहरु एक जुट भए नेपालले विकासको फडको मार्न धेरै समय नलाग्ने दावी गरेका छन । 

 


 

सञ्चारकर्मीहरुसँगको भेटघाटमा भने पत्रकारहरुले मिडियामा लगानी गर्न आग्रह गरेका छन । जिल्लाका विषयवस्तुले राष्टिका ठुला मिडियामा प्राथमिकता पाएपनि स्थानीय मिडियाले गाउ र वस्तीको विषयवस्तुलाई समेटन नसकेकोले टोलवस्ती सम्मको आजाव विहीनको आवाजलाई लाखौं जनतासम्म पुयाउने र जिल्लाको विकासमा टेवा पुयाउनको लागि छापा तथा विद्युतीय सञ्चारमाध्यममा लागनी गर्न सबै सञ्चारकर्मीले आग्रह गरेका छन ।

 


 

केसीले आफुले द टाईम्स अफ अर्थलाई अन्तराष्टिय स्तरको पत्रिकाको रुपमा विकास गर्दै गएको र छिटै नेपाल र भारतबाट प्रकाशन गर्ने तयारीमा लागेको बताउदै अर्घाखाँची जिल्लामा पनि आफुले मिडियाको बारेमा केही योजनासाथ  लगानी गर्न सोचिरहेको आश्वासन दिए । सञ्चारकर्मीहरुले अर्घाखाँची जिल्लाले सप्पन केसीलाई पाउदा खुसीको कुरा भएको भन्दै अर्घाखाँची डटकम जस्तै अन्य छापा तथा विद्युतीय सञ्चारमाध्यममा लगानी  गर्न माग गरेका छन ।

 



काग्रेस सभापति भुसाल र एमाले अध्यक्ष घिमिरेले प्रोजेक्ट सञ्चालन गर्न माग गर्दै पार्टी र जिल्लाको तर्फबाट सहयोग गर्ने आश्वासन दिदै केसीलाई शब्दद्धारा स्वागत गरे । नेताहरु केसीको योजना र प्रोजेक्ट सञ्चालन भए जिल्लाले विकासमा केही दहसम्म कोल्टो फेर्ने आशा गरेका छन ।

 


 

केसीले जिल्लाका एमाओवादी, राजमो लगायत अन्य दलका नेतालाई भेटने केही दिन यतै बिताउने र नेपालमा रहदा प्रधानमन्त्री, पार्टीको प्रमुख र उच्च स्तरका सरकारी अधिकारीहरुसग पनि विकास, वर्तमान राजनीति र शान्ति लगायतका अन्य विषयमा कुरा गर्न भेटभाट गर्ने तयारीमा रहेको बताए ।

 









 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु