नेपाल शिक्षक संघ अर्घाखाँचीको सातौ जिल्ला अधिवेशन सन्धिखर्कमा :दलहरुका कारण नेपालको शैक्षिक अवस्था भताभुङ्ग

– शोभाखर पन्थी 
नेपाल शिक्षक युनियनका संस्थापक अध्यक्ष केशव भट्टर्राईले दलहरुका कारण नेपालको शैक्षिक अवस्था भताभुङ्ग भएको बताउनु भएको छ । नेपाल शिक्षक संघ अर्घाखाँचीको सातौ जिल्ला अधिवेशन सन्धिखर्कमा उद्घघाटन गर्दै उहाँले नेपालका कुनै पनि सरकार देशको शैक्षिक अवस्थाप्रति गम्भिर बन्न नसकेको आरोप लगाउनु भयो । 
कुनै पनि राष्ट्रको उन्नती र प्रगतीलाई त्यहाँको शैक्षिक अवस्थाले निर्दीष्ट गर्ने दावी गर्दै भट्टर्राईले कांग्रेस, एमाले, माओवादी ज-जसले सरकारको नेतृत्व गरे पनि देशको शैक्षिक अवस्थाको बारेमा ध्यान नदिएको बताउनु भयो । 
शिक्षकका पेशागत संगठनहरुले सञ्चालन गरेको आन्दोलन र दवाबका कारण नेपाली शिक्षकहरुले थुप्रै उपलब्धी प्राप्त गरेको दावी गर्दै उहाँले पेशागत पर्यादा प्रति विचार पुर्‍याएर अगाडी बढ्न शिक्षकहरु लाई आग्रह गर्नु भयो । 
कार्यक्रममा मन्तव्य राख्दै नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले एकिकृत नेकपा माओवादीको र्सव सत्तावादी नीतिका कारण मुलुकका संक्रमण काल लम्बीएको बताउनु भयो । शिक्षकका पेशागत संगठनहरु सँग गरिएको सम्झौता विपरित गएर सरकारले शिक्षा आयोग खुलाएको प्रति आपत्ति जनाउँदै उहाँले अस्थायी शिक्षकका समस्या समाधान नगरि आयोग खोल्नुले समस्या झनै बल्झाउने काम गरेको बताउनु भयो ।
शिक्षक संघका कार्यभार अध्यक्ष लक्ष्मीदेवी भुसालको अध्यक्ष र सचिव प्रदीप भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक संघका उप महासचिव राजेन्द्र पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, युवानेता विष्णु मुस्कान ,कांग्रेसका पर्ुव जिल्ला सभापति तथा शिक्षक संघका संस्थापक अध्यक्ष पिताम्बर शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल, निमिक्त जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्वासेले व्यवहारिक र व्यवसायी शिक्षाको पक्षमा जोड दिएका थिए । 
कार्यक्रममा शिक्षक युनियनका अध्यक्ष यादव प्रसाद घिमिरे, पर्ुव अध्यक्ष गणेश बहादुर सिंह, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बावुराम आचार्य, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष युवराज भुसाल, अखिल नेपाल शिक्षक संघका सचिव दल बहादुर के.सी., बित्तिय संस्था कर्मचारी संघका गोपाल न्यौपाने, शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेम भण्डारी, काठमाण्डौका पर्ुव अध्यक्ष लक्ष्मी किशोर सुवेदी अर्घर्ााँचीका पर्ुव अध्यक्ष मुक्तिराम भण्डारी, शिक्षक युनियन जाजरकोटका अध्यक्ष लिलाम बहादुर शाही, काभ्रेका अध्यक्ष नारायण तिमिल्सीना, नेपाल शिक्षक संघ कालिकोटका अध्यक्ष मान बहादुर रोकाय, डोल्पाका अध्यक्ष जय बहादुर भण्डारी, जुम्लाका अध्यक्ष मक्क बुढा क्षेत्री, बर्दीयाका अध्यक्ष नारायण प्रसाद शर्मा, बर्दीकाकै पर्ुव अध्यक्ष ज्ञानेन्द्र रावल, कञ्चनपुरका पर्ुव अध्यक्ष सिद्धराज भट्ट लगायतका दर्ुइ दर्जनभन्दा बढी वक्ताहरुले मन्तव्य राख्दै शिक्षकका केन्द्रीय तहका पेशागत नेतृत्वले सोचे अनुसार काम गर्न नसकेको बताउँदै शिक्षक एकताको पक्षमा लाग्न जोड दिएका थिए । 
यसैगरी कार्यक्रममा सेवा निवृत्त शिक्षकहरु गणेश बहादुर सिंह, मुक्तिराम भण्डारी, पुष्पा न्यौपाने, जीमा अर्याल, डिल बहादुर र्घर्ती, मेघ बहादुर गोदार, गोविन्द बहादुर क्षेत्री, सालिकराम भट्टर्राई, निर्मला शर्मा, पिताम्बर पाण्डे, शुसिला पाण्डे, झविलाल बञ्जाडे, राजेन्द्र कुमार शर्मा, हिम नारायण बञ्जाडे, हुम बहादुर थापा, दर्ुगा प्रसाद पौडेल, यदुनाथ काश्यप, उमा रिजाल, बलराम पन्थी, खिम बहादुर जि.सि., भेषराज बेल्वासे, रामचन्द्र पन्थी, राम प्रसाद गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने नेपाली कांग्रेस क्षेत्र नं.१ अर्घर्ााँचीका सभापति तथा प्याब्सनका जिल्ला अध्यक्ष स्वर्गीय चन्द्रमणि पाण्डे मरोणपरान्त सम्मान गरिएको थियो । 
यसैगरी अधिवेसनले यादव प्रसाद घिमिरेको अध्यक्षतामा र्सवसहमत रुपमा नयाँ कार्य समितीको चयन गरेको छ । नवगठित समितीको उपाध्यक्षमा नारायण प्रसाद पौडेल, महिला उपाध्यक्ष सारदा भट्टर्राई भुसाल, सचिव माधव प्रसाद आचार्य, कोषाध्यक्ष तिर्थराज आचार्य, सहसचिवमा होमनाथ बेल्वासे, महिला सहसचिवमा गिता आचार्य चयन हुनु भएको छ । 
त्यस्तै अन्य सदस्यहरुमा मित्रमणि पाण्डे, हुमानन्द खनाल, तिलकराम खनाल, रिता आचार्य, इन्द्रलाल रेग्मी, बावुराम पोख्रेल, दर्ुगा प्रसाद बेल्वासे, कमला बेल्वासे, कृष्ण प्रसाद घिमिरे, दिवाकर घिमिरे, पर्ुण्ा बहादुर भट्टर्राई, क्षेत्र नं.१ महिला सदस्य कमला पन्थी, क्षेत्र नं.२ बाट गीता घिमिरे, निजीबाट मोहन खनाल रहनु भएको छ । यसैगरी केन्द्रीय प्रतिनिधिहरुमा मोतीराज शर्मा, नन्दराम भट्टर्राई, प्रदीप भण्डारी, जिवन कुमार श्रेष्ठ, लक्ष्मीदेवी भुसाल र मिरा पाण्डे चयन हुनु भएको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु