एमाओवादीका अध्यक्षले भने ‘प्रधानमन्त्री हुन तयार छु’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुन तयार रहेको बताएका छन् । त्यसैमा थप्दै प्रधानमन्त्री बाबुराम भट्टराईले पनि दाहाल नै आफ्नो पार्टी पहिलो विकल्प रहेको बताए ।
एमाओवादी गोरखाको सातौं जिल्ला अधिवशन उद्‍घाटन गर्न यहाँ आएका दाहालले भावी सरकारको नेतृत्व दाबी गरेका हुन् ।