१८ वर्ष पुगेका गोरखा सैनिकका सवै सन्तानले बेलायतको आवासीय भीसा पाउने भएका छन् ।
गोरखा सैनिकका १८ वर्ष उमेर पुगेका सन्तानलाई भीसा नदिने सरकारी निर्णय विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै बेलायती अदालतले गोरखा सैनिकका १८ वर्ष पुगेका सन्तानलाई पनि भीसा दिन आदेश दिएको हो ।
हो एण्ड को सोलीसिटर्स ल फर्मले हालेको मुद्दामा लण्डनको कोर्ट अफ अपिल द मास्टर अफ द रोल्सले गोरखा सैनिकका पक्षमा ऐतिहासिक फैसला गरेको गोरखा भूतपूर्व सैनिक संघ गेसोले जनाएको छ ।
यसअघि १८ वर्ष मुनिकालाई मात्रै यस्तो भीसा दिने गरिएको थियो । जसलाई गेसोले कपटपूर्ण निर्णय भन्दै त्यसको विरोध गर्दै आएको थियो ।