जेठ दोस्रो साता संविधानसभाको चुनाव हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी जेठ दोस्रो साताभित्र पुनः संविधानसभाको निर्वाचन हुने बताउनुभएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले निर्वाचनका लागि अन्य सवै दलहरुसँग सहमतिको पहल भइरहेको बताउनुभयो ।
आफू संबैधानिक प्रधानमन्त्री भएको हैसियतले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयत्नशील रहेको र चाँडै सहमतिको राष्ट्रिय सरकार बनाएर जेठको दोस्रो साताभित्र निर्वाचन गर्ने र यस बाहेक अन्य कुनै विकल्प नभएको बताउनुभयो ।
प्रधानमन्त्री भट्टराईले वर्तमान संक्रमणकाल तथा संसद नभएको अवस्थामा अन्य ठूला दल मानिएका कांग्रेस एमालेको नेतृत्वमा सरकार गठन हुने कुनै सम्भावना नभएको बताउँदै साना दल तथा स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुनुपर्ने बताउनुभयो ।
यस्तै जिल्लास्थित यहाँका सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री भट्टराईले संक्रमणकालिन अवस्था रहेका बेला यो परिस्थितिलाई चुनौति नभई अवसरका रुपमा मानेर उच्च मनोवलका साथ काम गर्न अनुरोध गर्नुभयो । राजनैतिक अस्थिरता र संक्रमणकाल भनेर पन्छिने चलनलाई त्यागेर अन्तरिम संविधानको मर्मसाथै कार्यविधि अनुसार कार्य गर्न समेत कर्मचारीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री भट्टराई सहित एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल