एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री हुन्छु भनेर ठट्टा मात्रै गरेको बताएका छन् । ‘सोमबार (हिजो)मैले ठट्टा मात्रै गरेको थिए पत्रीकामा आएछ’ उनले मंगलबार ताप्लेजुङमा भने ।
पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै दाहालले बिगतका कमजोरीलाई सच्याएर पार्टीलाई महाधिवेशनले सुदृढ गर्ने बताएका छन् । हाम्रा पाटीमा बिचारहरु धेरैछन् तिनलाई सच्याएर हामी महाधिवेशनबाट नयाँ ढंगले जाँदैछौं ।
माथिदेखि तलैसम्म पार्टीका नेतादेखि कार्यकर्ता सम्मलाई भ्याक्सीन लगाएर सुदृढ गर्ने उनले बताएका छन् । पार्टी अब एकताबद्ध भएर जाने दावी गर्दै दाहालले कुनै नेताको कपडाको फेरो समाएर गुटबन्दी नगर्नपनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘बीचमा हामीले कमजोरी गर्यौं, अब त्यस्तो हुनेवाला छैन’ उनले भने, ‘कसैले गुटबन्दीका नाममा दौराको फेर समाए संरक्षण पाउनेवाला छैन ।’ दाहालले बेलायतमा सेनाका अधिकारीलाई समाएर र दैलेखमा डेकेन्द्रका हत्यारा भनेर पक्राउ गरेर सड्यन्त्र भईरहेको पनि बताए ।
अहिले हामीलाई घेरा हालेर तर्साउन खोजिएको छ तर उनीहरुले नाङलो ठटाउँदैमा हात्ति तर्सदैंन ।