अर्घाखाँचीमा सरकार विरुद्ध आन्दोलन घोषणा

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – प्रधानमन्त्री बाबुराम भटराईको राजीनामा माग गर्दै विपक्षी ५ दलले सरकार विरोधी आन्दोलनको घोषणा गरेका छन । उनीहरुले सडकबाटै निरंकुश बाबुराम सरकारलाई हटाउने चेतावनी दिएका छन ।


  माघ ११ देखी शुरु पहिलो चरणको आन्दोलन १६ गतेसम्म दिनहु हुनेछ । त्यसपछि पनि बाबुराम सरकारबाट नहटे थप चरणबद्ध आन्दोलन गर्ने बुधवार ५ दलले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन । ११ गते जिल्लाभर प्रचारप्रसार र घरदैलो, १२ गते सन्धिखर्कमा संयुक्त जुलुस प्रदशन र शान्ति वगैचामा विरोध सभा, जसलाई सम्बोधन गर्न काग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारी र राजमोका महासचिव सन्तबहादुर नेपाली आउनेछन । १३ गते क्षेत्रीय विरोध प्रर्दशनको लागि प्रचार प्रसार र तयारी, १४ गते किमडाडाको पकलेमा संयुक्त विरोध प्रदर्शन, १५ गते ठाडाको दहमा विरोध प्रदशन तथा सभा र १६ गते सन्धिखर्कमा सहिद दिवस र विरोध सभा गर्ने ५ दलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । शहिद दिवसलाई ५ दलले प्रतिशोध सप्ताह र सशक्त आन्दोलनको शूरुवातको रुपमा मनाउने पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसपछि पनि बाबुराम सरकारबाट नहटेमा थप चरणबद्ध आन्दोलन र विरोध गरिने जानकारी दिए ।


 वर्तमान सरकार सहमतीमा जानुको साटो जनविरोधी, राष्टविरोधी, तानाशाही र सर्वसत्तावादी गर्दै सत्ता लम्ब्याउने खेलमा लागेकाले आन्दोलन गर्नु बाध्यता भएको जानकारी दिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा काग्रेस सभापति कमल प्रसाद भुसाल, एमाले अध्यक्ष रामजीप्रसाद घिमिरे, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी, राप्रपाका अध्यक्ष देवीबहादुर खडका र राष्ट्रिय जनशक्तिका अध्यक्ष वेदराज घिमिरेले हस्ताक्षर गरेका छन । पत्रकार सम्मेलन काग्रेस सभापति कमलप्रसाद भुसालको अध्यक्षता एमाले सचिव दलबहादुर भटराईको सञ्चालन र राजमोका केन्द्रिय सदस्य सागर केसीको स्वागतमा सम्पन्न भएको थियो ।

 





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु