– बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ अर्घाखाँची
म नेपाली मेरो देश नेपाल
सुन्दर,शान्त अनी बिशाल |
बोल्द छु म नेपाली सगरमाथा शिखरमा झन्डा उचाली
म जहाँ भएपनी जस्तो भएतापनी म हुँ नेपाली |
मेरो यो शरीरको रगत बग्ने छ मात्र त्यहाँ
म जन्मिए,हुर्किए त्यही माटोमा खेल्दै नेपालीको पहिचान भएको छ जहाँ |
उठ नेपाली ब्युझ नेपाली जाग हे वीर गोर्खाली
हराउन लागेको तिम्रो हाम्रो अस्तित्व राखौ सम्हाली |
जागौ है हे युवाहरु तिमी हामी जहाँ भएतापनी
देश डुबाउन लागे देश बेच्न लागे देश खोक्रो बनाउन लागे
नेपालको नाम नै मेटिने छ यदी तिमी हामी जागरुक भएर नलागे |
शिरमा मेरो ढाका को टोपी कम्मरमा बाँधेको छु खुकुरी
खबरदार खुनी नंग्रा लगाउने दाउ नगर मेरो देश नेपाल माथि
बज्रपात बनेर जाई लाग्नेछ दुष्टहरु हो यो मेरो खुकुरी तिमीहरु माथि |