दैलेखमा सत्तारुढ एकीकृत नेकपा माओवादी र विपक्षी दलबीच भएको भडपको प्रत्यक्ष मारमा सञ्चार माध्यममा र सञ्चारकर्मी

दैलेखमा सत्तारुढ एकीकृत नेकपा माओवादी र विपक्षी दलबीच भएको भडपको प्रत्यक्ष मारमा सञ्चार माध्यममा र सञ्चारकर्मी परेका छन् ।
झडपका क्रममा तेश्रो आँखा दैनिकको कार्यालयमा एकीकृत माओवादीका कार्यकर्ताले ढुंगामुढा र तोडफोड गरेका छन् ।
विपक्षी दलका कार्यकर्ताको ढुंगा प्रहारबाट रेडियो ध्रुवताराका सम्वाददाता मानबहादुर कटुवाललाई गम्भीर घाइते भएका छन् । घाइते पत्रकारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रेडियो ध्रुवताराका अर्का सम्वाददाता खगेन्द्र कार्की माओवादी कार्यकर्ताको ढुंगा प्रहारबाट घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । 
पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारवाही नगरी उन्मुक्ति दिने र घटनाका दोषीलाई संरक्षण दिएको भन्दै प्रधान मन्त्री डा.वावुराम भटराईको बिरोधमा उत्रिएका पत्रकारहरुलाई माओवादी कार्यकर्ताले अर्को डेकेन्द्र थापा  बनाईदिने चेतावनी दिएका छन् । माओवादीको चेतावनी पछि पत्रकारहरु त्रसित भएका छन् ।
माओवादीको जिल्ला सम्मेलनको समाचार संकलनमा समेत रोक लगाईएको छ ।
निषेधका वाबजुत रेडियो नेपाल लगायतका सरकारी सञ्चार माध्यमका पत्रकारहरुले भेष बदलेर माओवादीको ब्याज लगाउँदै कार्यक्रम स्थलमा प्रबेश गरी समाचार संकलन र संम्प्रेषण गरेका थिए ।
कार्यक्रममा संवोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका माआवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारलाई विपक्षीको मतियारको संञा दिनुभएको थियो ।