पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निलम्बित उपकुलपति संगिता भण्डारी बर्खास्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निलम्बित उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरिएको छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री बाबुराम भट्टराई सहित विहीवार बसेकेा सिनेट बैठकको सर्वसम्मत निर्णयले उनलाई बर्खास्त गरेकेा हो । वैठकमा सहकुलपति स्वास्थ्यमन्त्री राजेन्द्र महत्तो भने अनुपस्थित थिए ।
चार महिना अघि उपकुलपति नियुक्तिसगै शिक्षाध्यक्षमा प्रतिष्ठानका बरिष्ठ पदाधिकारीको वेवास्ता गर्दै धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सौम्या भट्टाचार्यलाई नियुक्त गरेपछि उनी विवादमा तानिएकी थिइन् । चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले निर्णय सच्याउन पटक पटक गरेकेा आग्रह वेवास्ता गर्दै प्रतिस्ठानको आर्थिक, प्रशासनिक र शैक्षिक अधिकार आफू माताहत ल्याउन सिनेट वैठकमै प्रस्ताव राखेपछि उनको विरोध भएको थियो । विद्यार्थीले गरेको आन्दोलन र प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेपछि उनी विरुद्ध पाटन अस्पतालमा तीन महिनादेखि प्रदर्शन हुदै आएकेा थियो । उनकेा बर्खास्तीले तीन महिनादेखि चलेको आन्दोलन टुंगिएको छ ।
प्रतिष्ठानको आन्दोलन र उपकुलपति भण्डारीले गरेकेा नियुक्ति लगायत कामको छानविन गर्न गठित समितिले उनकेा नेतृत्वमा संस्था चल्न नसक्ने भन्दै गलत व्यक्तिको छनौट भएकोमा सच्याउन सुझाव दिएकेा थियो । ‘छानविन समितीको प्रतिवेदन पेश भयो र सर्वसम्मत रुपमा नै उपकुलपतिज्यू विरुद्धको प्रस्ताव पारित भयो’ वैठकपछि सिनेटका एक जना सदस्यले भने, ‘कोही पनि उहाँको समर्थनमा देखिने स्थिती नभएपछि सिनेटले सर्वसम्मत निर्णय गरेको हो ।’ प्रतिष्ठानका पदेन कुलपति रहेका प्रधानमन्त्री बाबुराम भट्टराईको संयोजकत्वमा बसेको बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले औपचारिक रुपमा भने बाहिर ल्याएको छैन । स्रोतका अनुसार सिनेटको निर्णय शुक्रवार सार्वजनिक हुनेछ ।
सिनेट बैठकमा राष्ट्रिय योजना आयोगबाट स्वास्थ्य क्षेत्र हेर्ने सदस्य शिवकुमार राईको संयोजकत्वमा गठित छानविन समितीले तयार पारेको प्रतिवेदन पेश भएको थियो । ‘प्रतिवेदनमा उपकुलपति भण्डारीज्यूलाई कार्यशैलीका हिसावले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अनुपयुक्त व्यक्ति ठहर्‍याएको छ’ वैठकमा सहभागी स्रोतले भन्यो, ‘उहाँकै नेतृत्व रहिरहे संस्था चल्न नसक्ने ठहर सहित विकल्प खोज्न नै उपयुक्त हुने सुझाव प्रतिवेदनले दिएको छ, त्यसलाई कसैले प्रतिवाद गरेन ।’
१२ जना गणपुरक सदस्य हुनुपर्नेमा १४ सदस्य बैठकमा उपस्थित थिए । निलम्बनका कारण भण्डारी उपस्थित थिईनन् । उनले प्रतिवादको मौका भने पाएको स्रोतले जनायो । तर बर्खास्तीवारे उनले कान्तिपुरलाई कुनै प्रतिक्रिया दिन चाहिनन् । उनको बर्खास्तीसूगै पाटनमा नयाँ उपकुलपति नियुक्तीको प्रक्रिया सुरु हुनेछ । बर्खास्तीसूगै भण्डारीले नियुक्त गरेकी शिक्षाध्यक्ष सौम्या भट्टाचार्यले पनि राजीनामाको तयारी गरेको स्रोतले जनायो ।
नेता शरदसिंह भण्डारीकी नातेदार संगीता स्वास्थ्यमन्त्री महतोको सिफारिसमा चार महिनाअघि नियुक्त भएकी थिइन् । उनी धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानकेा नाक, कान घाटी विभागमा कार्यरत थिइन् । भण्डारीले गरेकेा शिक्षाध्यक्षकेा नियुक्ति सबैभन्दा बढी विवादित भएकेा थियो । त्यसपछि प्रतिष्ठान माताहतका विभागको  स्वायत्तता हटाउने, सम्पूर्ण आर्थिक अधिकार उपकुलपति माताहत ल्याउने, एमबीबीएस अध्यापनको विद्यार्थी कोटा बढाउने लगायत प्रस्ता उनले सिनेटमा रखेपछि उनको कामप्रति प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी, सशंकित भएका थिए ।
उनलाई शिक्षाध्यक्ष नियुक्तिको निर्णय सच्याउन र वर्षौंदेखि एउटा फम्र्याटमा चलेको संस्थामा चलखेलन नगर्न गरेको आग्रह अटेर गरेर हठ गरेपछि आन्दोलन सुरु भएकेा थियो । आन्दोलन बढ्दै गएपछि सिनेट सदस्यको निवेदनमा प्रधानमन्त्री भट्टराईले राईको संयोजकत्वमा शिक्षा र स्वास्थ्य सचिव सदस्य रहेको छानविन समिती गठन गरेका थिए । समिति गठन पछि उनी निलम्बित भए पनि सर्वोच्चमा अपिल गरेकी थिइन् सर्वोच्चले पनि उनको निलम्बनलाई निरन्तरता दिएको थियो । कार्यालय जान नसकेपछि उनले ललितपुरको गि्रनवीच होटल बसेर काम गर्दै आएकी थिइन ।
‘सरकारले उपकुलपति नियुक्तिमा फेरि गल्ती नदोहोर्‍याओस्’, पाटनका एक जना बरिष्ठ चिकित्सकले भने, ‘यसबाट स्वास्थ्य क्षेत्रमा मात्रै होइन प्राज्ञिक र अत्यावश्यक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न हुन्न भन्ने पाठ सिक्नु जरुरी छ ।’