भारतको पश्चिम बंगाल राज्यमा पहिलो विशेष महिला अदालत सञ्चालन

भारतको पश्चिम बंगाल राज्यमा मुलुककै पहिलो विशेष महिला अदालत सञ्चालनमा आएको छ । यो अदालतले महिला विरुद्ध हुने हिंसा सम्बन्धी मुद्धा हेर्ने बताइएको छ ।

 

दुई जना महिला न्यायाधीशले नेतृत्व गरेको यस अदालतमा सबै कर्मचारी र सरकारी वकिल पनि महिला नै रहने छन् । अदालतकी वरिष्ठ न्यायाधीशले महिलासंग सम्बन्धित मुद्धा छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

 

 कोलकाताका अधिकारीहरुले यस्तो न्यायालयको सञ्चालनबाट बलात्कृत वा हिंसा पीडित महिलालाई आफ्नो पीडा पोख्न सजिलो हुने बताएका छन् ।

 

– Agencies