आजै गरौं काँध मिलाई पाइला चाल्ने निकासको
लड्नु हुन्न दाजु भाइ खनौ बाटो घर आँगनको
सगरमाथा शिरमा चढी मुल फुटाऔं विकाशको
आर्थिक क्रान्ति संसारमा फहराउँ झण्डा नेपालको ।।
बिनासकारी आन्दोलन मर्ने, मार्ने बिधोङ्स हो
आफ्नै घर खरानीभो पुल्ठो बोकि जलाउनेको
छैन चट्टान फोर्नु यहाँ कुनै गोला बारुदको
सास छदैं इतिहाँसमा जिउँदो शहिद मुकेश भो ।।।
नयाँ नेपाल बनाउने सपना हुन शहिदको
हुन्न शान्ति मुर्दा बोकी घाटमा लगि जलाउनेको
हात मिलाइ पौरखिका गरौं क्रान्ति नेपालको
संविधान किन मर्यो ? लोकतन्त्रमा जनताको ।।।।