मंगोलाका राष्ट्रपतिका ठूली छोरी अफ्रिकाकी पहिलो अर्बपति महिला

मंगोलाका राष्ट्रपतिका ठूली छोरी अफ्रिकाकी पहिलो अर्बपति महिला बनेकी छिन् । अमेरिकी पत्रिका फोब्र्सले ४० वर्षीया इजाबेल डस स्यान्तोलाई पहिलो अर्बपति महिलाका रुपमा घोषणा गरेको जनाइएको छ ।


फोब्र्सलेका अनुसार अंगोलन बैंकले उनलाई अर्बपति घोषणा गरेको हो । इजाबेलले सबैभन्दा पहिले लुवान्डामा एक रेष्टुरेन्ट खोलेकी थिइन् । अंगोलामा राष्ट्रपति जोस एडवर्ड डस स्यान्तोका परिवार पछिल्लो ३३ वर्षअघिदेखि त्यहाँको सत्तामा रहेको जनाइएको छ ।


अर्बपति घोषित इजाबेल ब्यापारको दुनियामा परिचित नाम भएको पनि उल्लेख गरिएको छ । इजाबेलले लण्डनको किंग्स कलेजबाट इन्जिनियरिङको पढाई पूरा गरेकी जनाइएको छ ।

 

– एजेन्सी  ।