स्मृति गिरी
आर्थिक वर्ष २०६९/७० को प्रथम चौमासिक महिनामा दुई हजार ६ सय १२ जनामा कुष्ठरोग देखिएको तथ्याङ्ग सार्वजनिक गरिएको छ ।
६० औं विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा कुष्ठरोग नियन्त्रण महाशाखा र लेप्रोसी मिसन आनन्द बन अस्पतालले आज काठमाडौंमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक बर्ष २०६८/०६९ को पहिलो चौमासिकमा दुई हजार ४ सय ३० जनामा कुष्ठरोग फेला परेको देखाइएको छ ।
अन्यत्र भन्दा तराईका जिल्लाहरुमा बढी कुष्ठरोगी भेटिएको जनाइएको छ ।
शरीरको कुनै भागमा रातो, फुस्रो दागहरु देखा पर्नु, हात खुट्टाहरु लगातार झमझम गर्नु र नशा सुन्निनु कुष्ठरोगका लक्षण भएको चिकित्सकहरुले जनाएका छन् ।