महोत्तरी । महोत्तरीका पत्रकारहरुले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा.बाबुराम भट्टराई उपस्थित कार्यक्रम बहिष्कार गरेका छन् ।
जलेश्वर रंगशालामा आयोजित एकीकृत माओवादीको प्रथम एकता जिल्ला अधिवेशनको उद्घाटनस्थलमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले मूलद्वारमै रोकेपछि पत्रकारहरुले समाचार संकलन बहिष्कार गरेका हुन् ।