पाँचथर । देशमा महिला हिंसा बढिरहेका बेला पाँचथर कुरुम्वा ४ बस्ने एक बालिकालाई आफ्नै बाबुले ६ वर्षदेखि लगातार यौनशोषण गरिरहेको रहस्य खुलेको छ ।
कुरुम्वा ४ वस्ने ३७ वर्षीया लक्ष्मी लावतीले १५ वर्षीया आफ्नी छोरीलाई लगातार यौनशोषण गरिरहेको रहस्य खुलेको हो ।
आफूलाई ९ वर्षको उमेरदेखि बेहोस हुने औषधी सेवन गराउँदै यौनशोषण गरिरहेको बालिकाको भनाई छ । गत माघ १० गते झापाको दमकमा रवि ट्याक्सी स्टेण्ड नजिकै शंकास्पद अवस्थामा हिड्दै गर्दा दमक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रहस्य बाहिर आएको हो ।
श्रीमती साथमा नभएपछि उनले आफ्नै छोरीमाथि यौन शोषण गरिरहेको प्रहरी निरीक्षक याम बहादुर पौड्यालले जानकारी दिए ।
RSS