काठमाडौं । विपक्षीहरुले सरकार विरोधी आन्दोलन चर्काईरहँदा एकिकृत माओवादीको ध्यान भने हेटौंडामा हुने आसन्न महाधिवेशनमा केन्द्रीत भएको छ । हालसम्म ५० जिल्लमा महाधिवेशन तयारीकै लागि जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् ।
शिर्ष नेताहरु पार्टीको जिल्ला अधिवेशनहरुमा व्यस्त रहँदा सहमती र संवादको प्रक्रिया भने पुर्ण अवरुद्ध भएका छन् । झक्तपुरमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १५ गते भित्र निर्वाचन गर्ने सहमति बने तत्काल सरकार छाड्ने बताउनु भएको छ । उहाँले विपक्षीहरुले निर्वाचन हुने वातावरणको ग्यारेन्टी गरे आफूहरु तत्काल सरकारबाट हट्न तयार रहेको बताउनुभयो । सहमति नबने जेठ १५ पछि आन्दोलनमा जाने उहाँको भनाई थियो ।
सोही कार्यक्रममा एमाओवादीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावमा जानु नै निकासको बाटो हुने दोहो