एमाले झलनाथ खनालद्धारा एकीकृत माओवादीले मुलुकमा सवैंधानिक निकाय खाली गरेर सत्ताकब्जा गर्न खोजेको आरोप

  नुवाकोट । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीले मुलुकमा सवैंधानिक निकाय खाली गरेर सत्ताकब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

 

आज नुवकोटको खरानीटार गाउँ विकास समितिमा भएको कार्यक्रममा अध्यक्ष खनालले निर्वाचन आयोग, न्यायालय लगायतका निकायलाई खाली गरेर प्रधानमन्त्री बाबुराम भट्टराई जङ्गबहादुर पथमा अघि वढ्न खोजेको टिपप्णी गरे ।

 

खनालले आन्दोलनबाटै अहिलेको सरकार ढाल्ने दाबी समेत गरे ।

 

– RSS