सरस्वती कर्माचार्य
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिवेशन आगामी जेठमा काठमाडौंमा हुने भएको छ । राप्रपा नेपालको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनको तयारी स्वरुप चैत महिनाभित्र गाउँ, नगर र क्षेत्रीय तहको र बैशाख महिनाभित्र जिल्ला तहको अधिबेशन गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकारमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता परिवर्तन गर्ने खेलले माओवादीको सर्वसत्ताबादलाई अझै बलियो पार्ने टिप्पणी गरे ।
थापाले आगामी जेठ भित्र संविधानसभाको निर्वाचन गराउन दबाबस्वरुप माघ २८ गते ७५ वटै जिल्ला सदरमुकामहरुमा प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ गरिने जानकारी पनि दिए ।
–