देश ओरालोको घुम्तीमा ब्रेक नलागेको गाडि जस्तो भयो : बिष्ट

– कृष्ण खनाल 
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व उर्जा मन्त्री गोकर्ण विस्टले देश गम्भिर संकटको दिशामा अघि बढेको बताएका छन ।  दलहरुबिचमा रहेको अन्यौल र निषेधको राजनीतिका कारणबेलैमा सहमति हुन नसकेको बताउदै बिष्टले सहमतिको दिन चांडै आउने उल्लेख गर्दै जनतालाई सहमतिको दिन कर्ुन आग्रह गरे । 
एमाओबादीका कारण मुलुक संकट तर्फ धकेलिएको टिप्पणी गर्दै उहाले देश ओरालोको घुम्तीमा ब्रेक नलागेको गाडि जस्तो भएको तर्क गरे ।
नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी क्षेत्रिय समितिको आठौं क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै एमाले नेता बिष्टले दलहरुले निषेधको राजनीति नभइ सहमतिको राजनीति गर्नर्ुपर्ने धारणा राखे  । दलहरु बिचमा बेलैमा सहमति हुन नसके गम्भिर दर्ुघटना हुने उनको भनाई थियो । सत्ता बरिपरिको राजनीति र सत्ताकब्जा गर्ने एमाओबादीको उद्धेश्य रहेको भन्दै उनले त्यो संभव नहुने बताए । 
उनले मुलुकमा उर्जा संकट समाधानका लागि दर्ीघकालिन गुरुयोजना सहितको विद्युत निती आवश्यक  रहेको धारणा राखेका थिए ।