अर्घाखाँचीका सडक बाल बालिका संरक्षण गृहमा

– शोभाखर पन्थी 
अर्घाखाँची – जाडो, गर्मि, घाम, पानी, हावा, हुरी लगायतका प्राकृतिक समस्याहरु र हेपाई झेल्दै र भोग्दै जिल्लाका सडक तथा गल्लीहरुमा दिन रात विताइरहेका सडक बाल बालिकाहरु अहिले संरक्षण गृहमा बस्न थालेका छन् ।
 जिल्ला बालकल्याण समिति अर्घाखाँचीको पहलमा गरिएको उद्धार कार्यबाट अहिले उनिहरु संरक्षण गृहमा बस्न पाएका हुन् । 
जिल्ला बालकल्याण समिति अर्घाखाँची, जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, जिल्लाका विभिन्न संघ संस्थाहरु लगायतको संयूक्त बैठकको निर्णय बाट पौष २६ गते देखि सडकक बालबालिकाहरु लाई सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनःस्थिती विद्यालयलाई केहि समयको लागि संरक्षणगृह तोकि ७ जना बालकहरुलाई त्यहाँ राखिएको जिल्ला बालकल्याण समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भूर्तेलले जानकारी दिनुभयो । 
अभिभावकहरु भएता पनि परिवारको वेवास्तामा परेका, अभिभावक नभएका, अभिभावकको ठेगान नलागेका बालबालिकाहरुको उद्धारगरी खानपान, शिक्षा, स्वास्थ्य लगायतका सामान्य आधारभूत  आवश्यकताको परिपूर्ति गर्ने कोशिस स्वरुप सो कार्य गरिएको बाल संरक्षण उपसमितिका संयोजक एवं जिल्ला बालकल्याण समिति सदस्य निम बहादुर रीजालले बताउनु भयो ।  
बजारका गल्लीहरुमा माग्दै, भौंतारीदै र बिभिन्न तवरका हेपाइ भोग्दै आइरहेका बालबालिकाहरु चोरी गर्ने, अर्काको सामान फुटाइदिने, गालि वेइज्यती गर्ने, विभिन्न प्रकारका लागूपदार्थको शेवन गर्ने, गम सुध्ने जस्ता बिभिन्न बाल विज्याईपुर्ण कार्य गर्ने गरेको कारण भोलि उनिहरुको भविश्य अन्धकार हुने निश्चित भएकोले आजै देखि एवं प्रकारका कुलतहरु बाट जोगाउन समयमै उक्त कदम चालिएको बाल अधिकार अधिकृत बिना प्यूठानीले भन्नु भयो । 
उहाँ थप्नुहुन्छ लामो समय देखि यो कार्य गर्न खोजिएता पनि विबिध कारणले गर्न नसकिएको र लामो प्रयास पछि मात्र निज हरुलाई संरक्षण गृहमा संरक्षण प्रदान गर्न सफल भएका छौं । यसले पक्कै बालबालिकाको चौतर्फि विकासमा सहयोग पु

अन्य समाचारहरु