एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको दश वर्षसम्म कुनै न कुनै रुपमा एमाओवादी सत्तामा रहने बताएका छन् ।
हेटौँडामा जारी महाधिवेसनमा एक पत्रिकासँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । अबको दश वर्ष भित्र मुलुकलाई धनी देश बनाउने उद्घोष प्रचण्डले गरेका छन् । देश धनी नभएसम्म अरुबाट हेपिनुपर्ने बताउँदै एमाओवादी उत्पादन वृद्धिमा केन्द्रित हुने उनले बताएका हुन् ।
उत्पादनमा नलाग्ने कमिटी एमाओवादी हुन नसक्ने दाबी गर्दै महाधिवेशनपछि केन्द्रदेखि गाउँ ईकाईसम्म उत्पादनमा लाग्ने उल्लेख गरे । सानो कमिटीले थोरै उत्पादन गर्छ भने त्यो भन्दा ठूलो कमिटीले ठूलो नै उत्पादन गर्ने प्रचण्डले बताएका छन् ।
केन्द्रीय कमिटी बढी उत्पादन गर्न लाग्ने बताउँदै दाहालले अबको दश वर्षमा देशलाई धनी बनाउने बताएका हुन् ।