एमाओवादीको हेटौंडामा जारी सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न ६१ वटा समूह
एमाओवादीको हेटौंडामा जारी सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न ६१ वटा समूह निर्माण भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालद्वारा पेश गरिएको प्रतिवेदनमा समूहगत छलफल पछि टोली संयोजकले टिप्पणी गर्ने छ । एउटा समूहमा ५० देखि ६० जना सम्म प्रनिधिति सदस्य छन् ।
यसैबीच, अध्यक्ष दाहालद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा तीन वटा फरक मत दर्ता भएका छन् ।
फरक मत दर्ता गराउनेमा राम कार्की, लेखराज भट्ट र गोपाल किराँती रहेका छन् ।