अर्घाखाँचीमा संघियताको खारेजी लगायतका बिषयमा हस्ताक्षर अभियान

संघियताको खारेजी राष्ट्रिय सहमतिको सरकार तथा संविधान सभाको नयाँ निर्वाचन गर्नका  लागी दवाव स्वरुप हस्ताक्षर अभियान भन्ने मुल नाराका साथ माघ १६ गते देखि २३ गते सम्म सप्ताह व्यापी हस्ताक्षर संकलन कार्यक्रम अर्न्तगत अखिल छैठौं अर्घाखाँचीले माघ २२ र २३ गते सदरमुकाम स्थित पाणिनी बहुमुखि क्याम्पस ,शान्ती बगैचा चोक संन्धिखर्क र मसाल बजार चुत्रावेसीं भक्तिटोला चोकमा गरी करिव चार हजार हस्ताक्षर संकलन गरी आज जिल्ला प्रशासन कार्यलय अर्घाखाँची मार्फत राष्ट्रपति समक्ष पेश गरेको छ । 
पाणिनी बहुमुखि क्याम्पस संन्धिखर्क बाट उद्घघाटन भएको हस्ताक्षर अभियान कार्यक्रम चुत्रावेसी भक्तिटोला चोकमा पुगी समापन भएको थियो ।
कार्यक्रममा अखिल छैठौका जिल्ला अध्यक्ष कुलराज खनाल जिल्ला उपाध्यक्ष शिव खनाल सचिव ठाकुर पन्थी ,सहसचिव शिव बेल्वासे ,कोषाध्यक्ष गोपाल भट्टर्राई ,रेशम रायमाझी ,भगवता पाण्डे , जितेन्द्र खत्री , सपना खनाल ,विष्णु के.सि लगायतको सहभागिता रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु