अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघ अर्घाखाँचीको आयोजनामा संन्धिखर्कको घोचेखोला बगैचामा प्रगतिशिल बनभोज तथा परिचयात्मक कार्यक्रम शनिवार संपन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय उधोग व्यपार संघका केन्द्रिय कोषाध्यक्ष सुरज खनाल ,विशिष्ट अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहाकार शेर बहादुर वि.सि ,अखिल नेपालशिक्षक संघका केन्द्रिय कोषध्यक्ष हरि प्रसाद भुसाल ,अखिल नेपाल राष्ट्रिय उधोग व्यपार संघका केन्द्रिय सदस्य गोविन्द वि.सि लगायतले मन्तव्य राख्दै वर्तमान काम चलाउ सरकारले राजिनामा दिई तत्काल सहमतिको ढोका खुला गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
साथै अखिल नेपाल राष्ट्रिय उधोग व्यपार संघको जिल्ला भेला गर्नको लागी दुर्गा प्रसाद भुसालको संयोजकत्वमा ११ सदस्यिय भेला आयोजक समिति निर्माण गरेको छ ।
जिल्लाका विभिन्न गाविसका अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका करिव २०० जना कार्यकर्ताको सहभागिता रहेको कार्यक्रम दुर्गा प्रसाद भुसालको अध्यक्षता र तुल्सिराम खनालको संचालनमा संपन्न भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।