विपक्षीहरुले सहमतिको लागि सत्तारुढ माओवादीमाथि निरन्तर दबाब बढाइरहेका छन् ।
सत्ताधारी एकीकृत माओवादीविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै विपक्षी दलका नेताहरुले शुक्रबार राजधानी काठमाण्डूमा आयोजित आमसभाबाट सहमतिको लागि तयार नभए वर्तमान सरकार विरुद्ध, तिनकै शब्दमा, आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्।गत माघ ६ गतेदेखि थालेको सरकारविरोधी कार्यक्रमको पहिलो चरणको समापन गर्दै विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले सहित नौ दलका नेताहरुले माओवादी नेतृत्वको सरकारको कडा आलोचना गरेका थिए।
तीन साताअघि दैलेखबाट सरकारविरोधी कार्यक्रम थालेका विपक्षी दलहरुले माओवादीका नेताहरु हेटौंडा महाधिवेशनबाट फर्किए लगत्तै सहमतिको निम्ति तयार नभए आफूहरु सरकारविरुद्ध संयुक्त आन्दोलन थाल्न वाध्य हुने संकेत गरे।देश थप संकटमा भासिनुको दोष सत्तारुढ माओवादीलाई लगाउँदै नेकपा एमालेका अध्यक्ष झलनाथले भने,