नेपालमा जनमत लिएर नयाँ शक्तिको रुपमा उदाएको एनेकपा माओवादीले पनि प्रभावशाली छाप छोड्न नसकेपछि पूर्व राजा ज्ञानेन्द्र पुनः आफ्नो शासन फर्काउने अभ्यासमा लागेको अन्तर्राष्ट्रिय समाचार संस्था डेली मेलले जनाएको छ ।
राजतन्त्र को अन्त्यपछि नेपाली राजनीतिक दलहरु देशलाई निकासतर्फ लैजाने बिषयमा असफल भएपछि राजतन्त्र को लोकप्रियता बढ्दै गएको समाचारमा उल्लेख छ ।
मेलको भारतीय संस्करणमा उल्लेख गरिए अनुसार पूर्व राजा आफ्ना विश्वासिला पात्रमार्फत् नेपालसाग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिशकुमारको सहयोगमा भारतीय सत्तारुढ गठबन्धनको साथ खोजिरहेका छन् । स्रोतको हवाला दिंदै लेखिएको समाचारमा नितिशकुमारका केही विश्वासपात्रसमेत यसको लागि भूमिका खेलिरहेका छन् ।