सहमतिय सरकार गठन गरी संविधानसभा निर्वाचनको माग गर्दै आन्दोलनरत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज देशव्यापी सभा गर्ने भएको छ ।
सहमतिय सरकार गठन, हिन्दु राज्य निर्माण, ताजा जनादेशमा नयाँ संविधान लगायतको माग गर्दै आन्दोलन गरिरहेको राप्रपा नेपालले आज दवाव मुलक कार्यक्रम गर्न लागेको हो । जिल्लामा हुने सभामा राप्रपा नेपालका जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
काठमाडौंमा दिउँसो १ बजे घेराउ गरिने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । जनप्रर्दशनमा भाग लिज राप्रपा नेपालका अध्यक्ष कमल थापा गृहजिल्ला मकवानपुर जानु भएको छ ।