राजनीतिक दलहरुबीच सहमति नजिक भएपछि प्रधानमन्त्री बाबुराम भट्टराई बालुवाटार छाड्ने तयारीमा पुगेका छन् ।
सानेपास्थित पुरानै घर सर्ने तयारीमा प्रधानमन्त्री छन् । सानेपास्थित घर सफाइका लागि सोमबार नै कर्मचारीलाई सानेपा पठाइएको छ । ‘सानेपाको पुरानै डेरा सफाई गर्न कर्मचारी पठाइएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले बताएका छन / RSS