माया हराएको शहरमा, माया खोज्दै छु
भेट्ने ठुलै रहरमा, माया खोज्दै छु !!
सक्दिन म भुल्न भन्दा, दिएकी थियौ केहि
तिम्ले दिएको जहरमा, माया खोज्दै छु !!
छल्किदो रैछ पिडा ,दुवै यि नयनमा
आँशुको त्यही नहरमा, माया खोज्दै छु !!
हजार रहेछन् म जस्ता, यो दुनियाँमा
पिडीतको यस्तै लहरमा, माया खोज्दै छु !!
बाहाना मात्र हो ,मन भुलाउने यो त
गजलको यही बहरमा, माया खोज्दै छु !!!
email : rkramkhadka@gmail.com