१८ औं जनयुद्धको अवसर पारी नेकपा माओवादी अर्घाखाँचीले आज संन्धिखर्कमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले जनव्रि्रोहका लागी तयार रहन पार्टी कार्यकर्ता र आम जनतालाई आग्रह गरे ।
जनयुद्धको बलमा सहिदको रगतले साटेका जनसेना र हतियार बुझाएर ए नेकपा माओवादीको नेतृत्वले सहिद प्रति अपमान र क्रान्ती प्रति धोका दिएको उनीहरुको आरेाप थियो । वक्ताहरुले जनअधिकार प्राप्तीका लागी जस्तो सुकै बलिदान गर्न तयार रहेको बताए ।
यसरी मन्तव्य राख्ने हरुमा नेकपा माओवादीका जिल्ला सह-इन्चार्ज भोला बस्याल, जिल्ला सेक्रेटरी बावुराम घिमिरे भुवन, क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय सचिवालय सदस्य शोभाखर पन्थी लगायत हुनु हुन्थ्यो ।
माओवादी निकट नया बिचार साँस्कृतिक परिवारले जनवादी गित र नृत्य प्रस्तुत गरेको कार्यक्रामा साँस्कृतिक परिवारका अध्यक्ष बालकृष्ण भलामी लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।