तराई को समथर भुमि देखी महाभारत लेक सम्म फैलिएको लुम्बिनी अंचल नेपालको समृद्ध अंचलहरु मध्येमा गनिन्छ। ६ वटा जिल्लाहरु, ४०५ वटा गा.वि.स. र ५ वटा नगरपालिकाहरु रहेको यो अंचल आर्थिक,सामाजिक, भौगोलिक रुपमा बिविधतापूर्ण छ ,जसको प्रत्यक्ष प्रभाव यहाको जनसंख्यामा परेको पाईन्छ। लुम्बिनी अंचलका ३ वटा जिल्लाहरु तराई मा अवस्थित छन् र यी जिल्लाहरु खेति योग्य जमिन र बिकासका पूर्वाधार ले तुलनात्मक रुपमा सम्पन्न छन् भने ३ वटा पहाडी जिल्लाहरु पिछडिएको अवस्थामा रहेका छन्। भौतिक सुख सुविधा र भौगोलिक अवस्थाको असर यहाको जनसंख्याको वनावट र वितरणमा परेको सहजै देख्न सकिन्छ। तराइमा उच्च र पहाडमा ह्रासोन्मुख जनसख्या बृद्धिदर, उच्च बसैसरै दर, घट्दो लैंगिक अनुपात जस्ता जनासंखिकिक विशेषताले गर्दा लुम्बिनी अंचलको जनसंख्या संक्रमणको अवस्थामा छ।
१.जिल्लाको जनसंख्या र जनसंख्या बृद्धिदर
बि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार लुम्बिनी अंचलको कूल जनसंख्या २८ लाख ३४ हजार ६१२ रहेको छ। यो जनसंख्या नेपालको कूल जनसंख्याको करिब १०.७ प्रतिशत हो। लुम्बिनी अंचलको कूल जनसंख्या को ७३.९३ प्रतिशत जनसंख्या तराईका जिल्लाहरु नवल परासी, रुपन्देही र कपिलवस्तुमा रहेको छ. जनगणनाको प्रतिवेदन अनुसार पहिलो देखी छैटौ स्थानमा क्रमश: रुपन्देही (८८०१९६ ),नवलपरासी (६४३५०८ ), कपिलवस्तु (५७१९३६ ), गुल्मी (२८०,१६० ),पाल्पा (२६११८० ) र अर्घाखाँची ( १९७६३२ ) जिल्लाहरु पर्दछन।
वि.सं.२०५८-२०६८ को अवधिमा लुम्बिनी अंचलको जनसंख्याको आकार वितरणमा अवास्भाविक परिवर्तनहरु देखिएका छन्। हुन त अघिल्लो दशकको तुलनामा नेपालको पुरै जनसंख्या बृद्धिदरमा कमि आएको छ, तर यो अंचलका पहाडी जिल्लाहरुको जनसंख्या बृद्धिदरमा निकै गिरावट आएर ऋणात्मक ब्रुधिदर कायम भएको देखिन्छ। गएको दशकमा गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या बृद्धिदर क्रमशः -०.५७ , -०.२७ र -०.५३ प्रतिशत कायम भएको छ। यहाका तराई क्षेत्रमा भने जनसंख्या बृद्धिदर उच्च रहेको छ।
तराई का रुपन्देही जिल्ला को जनसंख्या बृद्धिदर सबै भन्दा उच्च रहेको छ। यहाँ वार्षिक २.१७ प्रतिशतले जनसंख्या बढेको पाईन्छ भने नवलपरासी र कपिलवस्तुको जनसंख्या बृद्धिदर क्रमशः१.३९ र १.७१ प्रतिशत रहेको छ। पछिल्लो समयमा लुम्बिनी अंचलका पहाडी जिल्लाबाट बाहिरिनेहरु को संख्या उल्लेख्य देखिन्छ। जनगणना अनुसार जनगणनाको समयमा घरमा अनुपस्थित हुनेहरुको संख्या गुल्मी,पाल्पा र अर्घाखाँची जिल्लामा क्रमशः३५१३१, २७०१० र ३९९२९ रहेको छ। वि.सं. २०५८ सालमा ति जिल्लाको कूल जनसंख्याको क्रमश ११.३,९.३८ र ११.७४ प्रतिशत जनसख्या जिल्ला बाहिर रहेको देखिएकोमा २०६८ सालमा आइपुग्दा त्यो संख्या क्रमशः १२.५३, १०.३४ र २०.२ प्रतिशत हुन पुगेको छ, नेपाल जीवनस्तर सर्भेक्षण १०११ र डेमोग्राफिक एण्ड हेल्थ सर्भे २०११ ले यी जिल्लाको जनसंख्याको प्रजनन दरमा उल्लेख्य कमि आएको नदेखाएको अवस्थामा गुल्मी,पाल्पा र अर्घाखांचीको जनसंख्या घट्नुको मुख्य कारण यहाँ बाट भैरहेको बाह्य बसाई सराई नै मुख्य कारण भएको ठोकुवा गर्न सकिन्छ।
लुम्बिनी अन्चलमा सबैभदा धेरै जनसंख्या बुटवल नगरपालिका (११८४६२ )को छ। त्यसपछी धेरै जनसंख्या हुने क्षेत्रहरुमा सिद्धार्थ नगर नगरपालिका (६३४८३ ),गैंडाकोट गाविस (३३४१३ ), कपिलवस्तु नगरपालिका (३०४२८ ), सुनवल गाविस (२९२१७ ),तानसेन नगरपालिका (२९०९५ ), देवदह गाविस ( २८४१४ ), रामग्राम नगरपालिका ( २५९९० ),पर्रोहा गाविस (२५५६३ ), माकर गाविस (२४५९७ ) र शिवमन्दिर गाविस (२३२५४ ), शंकर नगर गाविस (२२४२९ ), सूर्यपुरा गाविस (२०७७३ ), रुद्रपुर (२०६४९ )र दुधराक्ष (१९६४९) पर्दछन। लुम्बिनी अंचलको २५ प्रतिशत जनसंख्या यिनै १५ वटा नगर र गाविसमा रहेको छ।
यो अंचलका ५६ वटा गाविस हरुको जनसंख्या दश हजार भन्दा बढी रहेको छ। आठ हजार भन्दा बढी जनसंख्या हुने गाविसहरुको संख्या ९५ रहेको छ। ति गाविस मध्ये तम्घास, सन्धिखर्क, ठाडा, रामपुर, सिद्धारा र वडागाउँ बाहेक अरु सबै गाविसहरु तराईका जिल्लामा रहेका छन्।
लुम्बिनी अंचलका २०३ वटा गाविसहरुको जनसंख्या पाँच हजार भन्दा कम रहेको छ। यी गाविसहरुले अंचलको कूल जनसंख्याको २८.१ प्रतिशत हिस्सा ओगटेका छन्। कम जनसंख्या हुने २०३ वटा गाविसहरु मध्ये २३ वटा कपिलवस्तु, १६ वटा नवलपरासी र एक वटा रुपन्देही जिल्लामा पर्छन, बाँकि गाविस भने पाल्पा, गुल्मी र अर्घखांचीका रहेका छन्। अत्यन्त कम जनसंख्या हुने गाविसहरुमा बहादुरपुर (१६९०), कुसुमखोला (१६२४ ) , बर्से(१६२१),अर्खावांग(१५११) र जयखानी(१२९५) हुन्, जुन पाल्पा र गुल्मी जिल्लामा पर्छन.
२. गाविस/ नगरपालिकाको जनसंख्या वृद्धिदर
लुम्बिनी अंचलका ४१० गाविस/नगरपालिका मध्ये १५३ वटा गाविसहरुको जनसंख्या बि.सं. २०५८-२०६८ को अवधिमा घटेको देखिन्छ। जनसंख्या घटेका सबै गाविसहरु गुल्मी ,पाल्पा, अर्घाखाँची र नवल परासीको पहाडी क्षेत्रमा पर्छन।
अर्घखंचिका ४२ मधे १७ वटा, गुल्मीका ७९ मध्ये २० वटा, पाल्पाका ६६ मध्ये ४४ नवलपरासीका ७४ मध्ये १० वटा गाविसहरुको जनसंख्या घटेको जनगणना प्रतिवेदनले देखाएको छ। अर्घाखांचीको पटौटि, गुल्मीको भार्से र जयखानी अनि पाल्पाको फोक्सिंगकोट, चापपानी र हुमिन गाविसको जनसंख्या २५ प्रतिशत भन्दा बढी घटेको छ।
गएको दशकमा सबैभन्दा बढी जनसख्या पटौटि गाविसमा घटेको देखिन्छ, जहाको जनसंख्या ४०.१२ प्रतिशतले घटेको छ र यहाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक ३.३७ रहेको छ।
बितेको दशकमा नगरपालिका र तराई को महेन्द्र राजमार्ग छेउछाउका गाविसहरुको जनसंख्या ह्वात्तै बढेको देखिन्छ। यो अवधिमा सबै भन्दा धेरै जनसंख्या वृद्धिदर रुपन्देही जिल्लाको शंकर नगर गाविसको छ। यहाको जनसंख्या ४६.३२ प्रतिशतले बढेको छ र यहाको वार्षिक जनसंख्या बृद्धिदर ६.२२ प्रतिशत रहेको छ. त्यसैगरी शिवपुर (५.०१ %), बुटवल( ४.५२%)सन्धिखर्क (४.३८%), गैंडाकोट (४.२८%), तानसेन (३.५४%), तम्घास (३.२९%) र पर्रोहा (२.९४%) उच्च वार्षिक वृद्धिदर भएका स्थान हुन् जहाको जनसंख्या गएको दशकमा २५ प्रतिशत भन्दा बढी बढेको छ।
३. परिवारको संख्या र आकार
एघारौ जनगणनाले लुम्बिनी अन्चलमा ५५५,०७७ परिवार बसोवास गरेको देखाएको छ, यो संख्या अघिल्लो जनगणनामा भन्दा ११६,२१९ ले बढी हो.बि.सं. २०५८-२०६८ को अवधिमा गुल्मी, पाल्पा र अर्घाखांचीको जनसंख्या घटेको देखिएको भएपनि यी जिल्लामा वसोवास गर्ने परिवारको संख्या भने घटेको देखिदैन. लुम्बिनी अंचलका ११ वटा क्षेत्रहरुमा ५ हजार भन्दा धेरै परिवार बसोबास गरेको पाईन्छ। ५ हजार भन्दा धेरै परिवार हुने गाविसहरु गैंडाकोट (८०२२),सुनवल (६५३९ ), देवदह(६४३५ ), पर्रोहा (५७३१ ),माकर (५६३९), शिवमन्दिर(५३९५) र शंकरनगर (५३५५) हुन् भने नगर पालिकाहरुमा बुटवल (२९६६२), सिद्धार्थ नगर (१२४९७ ),तानसेन (८४११ )र कपिलवस्तु (५१३० ) हुन् ।
तराई क्षेत्रका गाविसहरु मा धरै परिवार बसोबास गर्ने भएपनि पहाडी क्षेत्रमा पसोबास गर्ने परिवारको संख्या कम रहेको देखिन्छ। लुम्बिनी अंचलका २८ वटा गाविसहरुमा ५ सय भन्दा कम परिवार रहेका छन्। त्यस्ता गाविसहरु कपिलवस्तुमा ४ वटा छन् भने बाँकि सबै गुल्मी,पाल्पा,अर्घाखाँची र नवलपरासीका पहाडी क्षेत्रमा रहेका छन्। जनसंख्या र परिवार संख्याको आधारमा हेर्दा सबै भन्दा पुछारमा गुल्मीको जयखानी गाविस रहेको देखिन्छ, यहाको जनसंख्या १२९५ र परिवार संख्या २७० मात्र छ।
नेपालको प्रति परिवार जनसंख्या ४.८८ जना रहेको मा लुम्बिनी अन्चलमा यो संख्या ५.१ जना रहेको छ। जिल्ला अनुसार हेर्दा प्रति परिवार कपिलवस्तुमा सबै भन्दा धेरै (६.२६ ) र अर्घाखाँचीमा सबै भन्दा कम (४.२२ ) मानिसहरु बस्ने गरेको देखिन्छ। परिवारमा ७ जना भन्दा बढी सदस्य हुने गाविसहरु ६० वटा रहेका छन् , ति सबै कपिलवस्तु र रुपन्देही जिल्लामा पर्छन।
त्यसैगरी बुटवल नगरपालिका र ४१ वटा गाविसमा प्रति परिवार ४ जना वा सो भन्दा कम सदस्यहरु रहेका छन्। कम सदस्य हुने सबै गाविसहरु पाल्पा ,गुल्मी र अर्घाखाँचीका हुन्। परिवारको आकारको दृष्टिले सबै भन्दा ठुलो कपिलवस्तुको अभिराव (८.७ जना ) र सबै भन्दा सानो पाल्पाको तानसेन नगरपालिका (३.५ जना ) भएको देखिन्छ।
४. जनसंख्याको लैंगिक वनावट
नेपालको कूल जनसंख्याको लिंग अनुपात ९४.१६ रहेकोमा लुम्बिनी अन्चलमा ८९.३६ मì