केही वरिष्ष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावमा जान सकिने सल्लाह प्रधानमन्त्रीलाई दिएका छन् । उता कांग्रेस कार्यालय सानेपा पुगेका बरिष्ठ वकिलले चाँहि प्रधानन्यायाधीशलाई कुनै जिम्मेवारी दिन नमिल्ने कांग्रेस नेतालाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ आयोजित छलफलमा कानूनविद्हरुले मन्त्रिपरिषद्बाट बाधा अड्काऊ फुकाउमार्फत् राष्ट्रपतिलाई सिफारिस गरेर प्रधानन्यायाधीशलाई कार्यकारी अधिकारसहित चुनावमा खटाउन सकिने सुझाव दिएका हुन् ।
बहालवाला प्रधानन्यायाधीशले राजीनामा नदिई चुनावको जिम्मेवारी पूरा गरेपछि पुनः आफ्नो पुरानै जिम्मेवारी सम्हाल्न सक्ने गरी चुनाव गराउने जिम्मेवारी दिनुपर्ने वकिलहरुको सुझाव छ । प्रधानन्ययाधीशको नेतृत्वमा चुनावमा जानु नै अहिलेको उत्तम विकल्प भएको विज्ञहरुले सुझाव दिएको महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले बताउनुभयो ।