प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव काँग्रेस र एमालेले अस्वीकार गरेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेले वहालवाला प्रधानन्यायाधीशले राजीनामा नदिए सम्म उनको नेतृत्वमा चुनावी सरकार गठन हुन नसक्ने अडान नछोडेपछि एकीकृत माओवादीले प्रधानन्यायाधीशलाई राजीनामा दिन लगाउने लगायतका विकल्पमा पनि छलफल गर्न सकिने संकेत दिएको छ।
उक्त पार्टिका प्रवक्ता अग्नी सापकोटाले आफूहरुले अघि सारेको प्रस्ताव उत्तम भएपनि विपक्षी दलले आनाकानी गरेकाले अन्य विकल्पमा पनि छलफल गर्न सकिने बताएका हुन्।
विपक्षी दलहरु काँग्रेस र एमालेले चाहिँ वहालवाला प्रधानन्यायाधीशलाई स्वीकार्न नसकिने अडान त्यागेका छैनन्।
वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको प्रस्ताव स्वीकार नगर्ने निष्कर्ष एमालेले मंगलवार निकालेको थियो।