– प्रेमनारायण आचार्य
नेकपा एमालेका सचिब संकर पोख्रेलले कुनै पनि हालतमा प्रधानन्याधीसको नेतृतवमा सरकार बन्नै नसक्ने दाबी गर्नु भएको छ ।
प्रधानन्याधीस न्याय क्षेत्रमा दक्ष भए पनि राजनितिक क्षेत्रमा दक्ष हुन नसक्ने भएकाले राजनितिक दलको ब्यक्तित्वमानै सहमति गर्नु पर्ने बताउदै कांग्रेस सभापति सुसिल कोईरालाको नेतृत्वमा सहमति नभए वरु प्रचण्डको नेतृत्व आफुहरुले स्वीकार गर्ने तर प्रधानन्याधीसलाइ स्वीकार गर्न नसक्ने बताउनु भयो ।
एमालेले भट्र्राईलाई हटाउने वाहानामा राष्ट्रलाई घात हुने गरि गैर राजनैतीक व्यक्तिलाई सम्झौता नगर्ने समेत स्वष्ट पार्नुभयो । गैरु राजनैतीक ब्याक्तिको नेतत्वमा कुनै पनि देशमा संविधानसभाको चुनाव नभएको उहाको भनाइ छ ।
नेकपा एमाले अर्घाखाँचीको सातौ जिल्ला अबिधेसनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै सचिब संकर पोख्रेलले माओबादी नेतृत्वको सरकारले गरेका गैर राजनितिका कार्यलाइ सर्बोच्च अदालतले खारेज गरिदएको कारण सर्बोच्च अदालतलाइ बिबादमा पारि आफ्नो पाटीको हैकम देखाउन एमाओबादीले प्रधानन्याधीसलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको आरोप लगाउनुभयो ।
भट्टर्राई मुस्ताङ म्याक्स चढनु कम्मल ओडेर घिउ खानु भएको टिप्पणी गर्नुभयो । र्सर्वेच्चले माओवादीका निर्णय वारम्वार रोक लगाए पछि माओवादीले र्सर्वेच्चलाई नियन्त्रण गर्नको लागि प्रधानन्याधिसलाई अघि सारेको आरोप लगाउनुभयो । वावुरामलाई अतिरञ्जित ढङगले सञ्चार माध्यम र अन्य पक्षबाट प्रचार गर्नाले देशले अहिले यो अवस्था वहोर्नु परेको बताउनुभयो । कार्यक्रमा पोलिटव्युरो सदस्य छविलाल विश्वकर्मा, वेदुलाल भुसाल, केन्द्रिय सदस्य देबराज भाट, सोमनाथ अधिकारी, नजीर मिया, बैद्यनाथ चौधरी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम रामजीप्रसाद घिमिरेको अध्यक्षता, सचिब दलबहादुर भटराइको संचालन र उपाध्यक्ष जनार्दन खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।