रुसको युराल्स पर्वतमा चम्किलो खगोलिय पिण्ड खस्दा कम्तिमा १,000 जना घाईते

रुसको युराल्स पर्वतमा चम्किलो खगोलिय पिण्ड खस्दा कम्तिमा ५ सय १४ जना घाईते भएका छन् । आकाशबाट ज्वालासहित खसेको सो पिण्डले जमीनमा ठूलो कम्पन ल्याउनुका साथै ब्यापक मात्रामा घरका सिसाहरु फुटाएको रसियाली अधिकारीहरुले जनाएका छन् ।
सो घटनामा घाईते भएकाहरु मध्ये सामान्य चोटपटक लागेकादेखि टाउकोमा गम्भीर चोट लागेका समेत छन् । मध्य रुसको याकाटेरिनबर्ग शहरमा आकाशबाट आगोको डल्लो खस्दै आएर चेवारकुल बजार नजिकको ताल क्षेत्रमा बजारिदा ठुलो आवाज आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाईते हुनेहरु धेरै चेल्यामिनिस्क विद्यालयका छात्रछात्रा छन् ।
पिण्ड बजारिदाको कम्पनले विद्यालय क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ । पिण्ड खस्दा सुरुमा ठूलो आवाज आएर विस्फोट भएको र पछि साना खाले विस्फोट भएको बताईएको छ ।
सो समयमा सुरुमा रातपरे जस्तो अध्यारो भए पनि विस्फोट भएपछि निकै उज्यालो देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पश्चिमी साईबेरियन क्षेत्रमा पनि निकै धेरै मात्रामा धुलो बर्षा भएको रुसी अधिकारीहरुको जनाएका छन् ।
घटनापछि सयौं संख्यामा सुरक्षाकर्मी र उद्धारकर्ताहरु परिचालन गरिएको छ । रुसी सेनाले चेवारकुल ताल क्षेत्रमा ६ मीटर फराकिलो अबशेष फेला परेको जनाएको छ । -एजेन्सी