फ्रान्सका राष्ट्रपति बिरुद्ध भारतका किसानहरुले प्रदर्शन

भारत भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाडंबिरुद्ध भारतका किसानहरुले प्रदर्शन गरेका छन् । फ्रान्स र भारतबीच परमाणु संयन्त्र बनाउने सहमतीको बिरोधमा भारतको महाराष्ट्र स्थित जैतापरका किसानहरुले फ्रान्सका राष्ट्रपति बिरुद्ध प्रदर्शन गरेका हुन् । सन् २०१० मा फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले भारत भ्रमणका क्रममा जैतापुरमा परमाणु संयन्त्र निर्माणका लागि १० अर्व अमेरिकी डलरको आर्थिक सहयोग गरेको थियो । 

फ्रान्सले आफनो राष्ट्रमा परमाणु संयन्त्र बन्द गर्ने निर्णयसंगै भारतको जैतापुरमा दुईवटा रियाक्टर निर्माणको ठेक्का फ्रान्सको अरीबा कम्पनीलाई सुम्पेको थियो । फ्रान्स र भारतबीचको सो सम्झौता खारेज गर्नुपर्ने माग सहित बिगत दुई बर्षदेखि आन्दोलन गर्दै आएका जैतापुरका किसानहरुले फ्रान्स बिरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्यावरणमा असर पर्नुका सार्थै प्रदुषण फैलन सक्ने भन्दै कुनै पनि हालतमा परमाणु संयन्त्र बनाउन नदिने बताउँदै सो सम्झौता खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 
प्रदर्शनलाई ध्यानमा राखी सुरक्षाब्यबस्था कडा तुल्याइएको छ । यसैबीच भारत भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्ड र भारतीय प्रधानमन्त्रीबीच जमीन बाट हावामा मार हान्न सक्ने मिसाइलका लागि फ्रान्सले ६ सय करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौता भएको छ । 
यसका साथै क्षेत्रिय, रक्षा र परमाणु उर्जा सहयोग सम्बन्धी मुद्दा लगाएत आतंकबाद बिरोधी मुद्दा पनि छलफल भएको छ ।
Agencies