जेठमा संविधानसभाको चुनाव गराउने गरी चुनावी सरकार गठन गर्ने विषयमा शितल निवासमा ४ दलको बैठक सुरु

जेठमा संविधानसभाको चुनाव गराउने गरी चुनावी सरकार गठन गर्ने विषयमा मूख्य दलहरुबीच छलफल शुरु भएको छ । 
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन सहमत भएका मूख्य दलहरुबीच जेठमा चुनाव हुने सुनिश्चितता, चुनावी सरकारको स्वरुप, काम कर्तव्य अधिकारलगायतका विषयमा छलफल भइरहेको छ । 
चार दलले गठन गरेको कार्यदलले तयार गरेको सहमतिको मस्यौदा माथि शिर्ष नेतृत्वमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।