अमेरिकी पुर्व राष्ट्रपति जिम्मी कार्टर व्यक्तिगत भ्रमणको क्रममा चैत १५ मा नेपाल आउने आउँदै

अमेरिकी पुर्व राष्ट्रपति जिम्मी कार्टर व्यक्तिगत भ्रमणको तालिका लिएर आगामी महिना नेपाल आउने भएका छन् ।पछिल्लो लोकतान्त्रिक पद्धती र संविधानसभा गठन प्रकृयामा नजिकका सहयोगी देखिएका कार्टरले चार बर्षअघि संविधानसभा निर्वाचनताका पनि नेपाल भ्रमण गरेका थिए । परराष्ट्र स्रोतका अनुसार पुर्व राष्ट्रपतिसँग कार्टर सेन्टरका सीइओ जोन बर्नेट हार्डम्यन पनि साथमा आउदैछन् ।
यसअघि कार्टरको भ्रमणबारे अवगत गराउन र सरकारी तहमा परामर्श गर्न यही बुधबार अमेरिकी सहायक विदेश मन्त्री अलिशा क्रिस्टाइन आयर्स काठमाडौं आउने भएकी छिन् ।