प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न संवैधानिक रुपमा मिल्दैन भनी सर्वोच्चमा रिट परेको छ । प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा बनाउने भनिएको चुनावी सरकारको स्वरुप र ढाँचाबारे लिखित प्रस्ताव तयार पार्न मुख्य दलहरुद्वारा गठित कार्यदलले आइतबार आफ्नो काम नभ्याएपछि नयाँ सरकारको प्रतीक्षा लम्बिएको छ।
उक्त कार्यदललाई सोमबार बिहानसम्म आफ्नो काम टुंग्याउन मुख्य दलका शीर्ष नेताहरुले आइतबार निर्देशन दिएका छन ।
भावी चुनावी सरकारका प्रमुखका रुपमा हेर्न थालिएका प्रधानन्यायाधीश खीलराज रेग्मी साँझ प्रमुख दलका शीर्ष नेतासमेत उपस्थित राष्ट्रपति निवासमा पुगेपछि राजनीतिक वृत्तको माहौल गर्माएको थियो।
तर उनी केवल सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउने पूर्वनिर्धारित कामको सिलसिलामा शीतल निवास पुगेको बताइएको थियो ।
उनीसंग कुनै कुराकानी नभएको भन्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने,