नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइए लोकतन्त्र समाप्त हुने बताएकी छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कोइरालाले बाह्य शक्तिको दवाबमा प्रमुख दलका शीर्ष नेताहरुले प्रधानन्याधीसलाई प्रधानमन्त्री बनाउन लागेको आरोप समेत लगाएकी छन् ।
पत्रकारहरुसँग कुराकानी गर्दै उनले ९० प्रतिशत केन्द्रिय सदस्यको असहमति हुँदा पनि कांग्रेसका केही नेताहरले प्रधानन्यायाधीशलाई जबरजस्ती प्रधानमन्त्री बनाउन खोजेको भन्दै आपत्ति समेत प्रकट गरिन् ।
कोइरालाले प्रधानन्यायाधीशलाई प्धानमन्त्री बनाउने विषय पार्टीको महासमिति बैठक बोलाएर टुंग्याउन माग समेत गरेकी छन् ।
उनले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाए मुलुक झन समस्यामा फस्ने भन्दै प्रधानन्याधीसलाई प्रधानमन्त्री बनाउनु भनेको दलहरु असफल हुनु जस्तै भएको पनि बताइन् ।